नेपाली शान्ति सेना कङ्गोको वुनियामा पुन: तैनाथ

पुस १८, २०७७ | काठमाडौं

संयुक्त राष्ट्रसंघले कङ्गोको अति संवेदनशील ईटुरी क्षेत्रको वुनियामा नेपाली शान्ति सैनिकलाई पुन: तैनाथ गरेको छ । 

करिब १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियामा हेमा र लेण्डु जातिबीच हिंसा भएको थियो । त्यसपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिकलाई पहिलो पटक सो क्षेत्रमा तैनाथ गरेको थियो । त्यसपछि सुरक्षा स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रमा रहेको वेनी र केही वर्षदेखी दक्षिण क्षेत्रमा रहेको बालुगुं ईलाकामा तैनाथ थियो ।

केही महिनादेखि कोडेको नामको विद्रोही समुहले वुनियामा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकहरुलाई पून: सो क्षेत्रमा तैनाथ गरिएको हो । सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार बालुगुंमा तैनाथ टोलीलाई वुनिया क्षेत्रमा स्थानान्तरण गरिएको हो । 

सो क्षेत्रमा तैनाथ भवानी दल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्का र ईटुरी क्षेत्रका मेयर जीन वमाईन्सा साईडिबीच भेटघाट तथा छलफल भएको प्रवक्ता पौडेलले बताउनुभयो ।  


प्रतिक्रिया