परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा

माघ १, २०७७ | काठमाडौं

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको नयाँदिल्ली पुग्नु भएको छ । दिल्ली पुगेको मन्त्री ज्ञवाली नेतृत्वको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल पनि सहभागी हुनुहुन्छ । 

भोली हुने आयोगको बैठकमा सीमा सम्बन्धी मुद्दालाई नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि सीमा मुद्दालाई सामान्य छलफलमै सीमित गर्ने संकेत गर्दै भारतले पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै आएको छ । भारतले गत वर्ष कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ । 

सो लगत्तै नेपालले पनि लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नक्सा सार्वजनिक गरेको थियो । 


प्रतिक्रिया