नेपालले दियो कोभिड खोप ‘कोभिसिल्ड’लाई अनुमति

माघ २, २०७७ | काठमाडौं

सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक कोरोना भाइरस संक्रमण विरूद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । औषधी व्यवस्था विभागको आज बसेको बैठकले सो खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । सो खोपको प्रभावकारीता ६० प्रतिशत सम्म रहेकाले प्रयोगका लागि योग्य ठहर गर्दै अनुमति दिइएको विभागका सुचना अधिकारी सन्तोष केसीले बताउनुभयो ।

भारतीय कम्पनी सेरम इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले संयुक्त रुपमा विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ । २ देखी ८ डिग्री सेल्यिसयसम्म तापक्रममा भण्डारण गर्नुपर्ने सो खोपको मुल्य करिव ५ सयसम्म पर्ने विभागले जनाएको छ । सो खोप बेलायतले समेत प्रयोगका लागि अनुमति दिइसकेको छ । तेस्रो चरणको परिक्षण सफलता पूर्वक सम्पन्न गरेका अन्य खोपले आकस्मिक प्रयोगका लागि अनुमति मागेमा स्वीकृति प्रदान गरिने विभागले जनाएको छ ।  


प्रतिक्रिया