कांग्रेसले सबै स्थानीय तहमा प्रदर्शन गर्दै

माघ ३, २०७७ | काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेपाली कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । कांग्रेसले गत पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरिसकेको छ ।

आगामी बिहीबार पनि कांग्रेसले सबै स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन एवं सभा गर्दैछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।    


प्रतिक्रिया