२४ घण्टामा २४० संक्रमित थपिए, ४७७ कोरोनामुक्त

माघ ३, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ जना संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 त्यसैगरी २४ घण्टामा ४ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।


प्रतिक्रिया