मन्त्रालयले फेरि सच्यायो मृतकको संख्या, मृत्यु भएका थप ८३ जनाको संख्या अध्यावधिक

फाल्गुन १३, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या पुन: अध्यावधिक गरेको छ । मन्त्रालयले पल्लिो एक वर्षमा मृत्यु भएका थप ८३ जनाको संख्या अध्यावधिक गरेको हो । यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या २ हजार ७ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो पनि मन्त्रालयले कोरोनाबाट मृत्यु हुने ६ सय १८ जनाको संख्या अद्यावधिक गरेको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८४ जना संक्रमणमुक्त भएका छन् । थप एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा २ लाख ७३ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । संंक्रमणमुक्त हुनेको संखया २ लाख ७० हजार २ सय २३ छ । जुन कुल संक्रमित मध्येको ९८ दशमलव ७ प्रतिशत हो ।  


प्रतिक्रिया