पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिर : प्रदीप मेन्याङ्बो/ रेडियो कान्तिपुर 

फाल्गुन १४, २०७७ | काठमाडौं

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ४४ पीसीआर परिक्षण भएकोमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७३ हजार सय ८४ जना संक्रमित भएका छन् ती मध्ये २ लाख ७० हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

 यो कुल संक्रमित संख्याको ९८ दशमलव ७ प्रतिशत हो । कोरोना संक्रमणका कारण एक वर्ष भित्र मृत्यु हुने २ जनाको विवरण सरकारले अद्यावधिक गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ हजार ७ सय ७१ पुगेको छ ।  


प्रतिक्रिया