श्रम स्वीकृति अब अनलाईनबाटै

वैशाख २४, २०७८ | काठमाडौं

वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने भएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गरिएको विभागले जनाएको छ । यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुन: श्रम स्वीकृति परेका छन् । 

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिनुभयो । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ । 


प्रतिक्रिया