प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा भाग नलिन देउवाको आग्रह

वैशाख २५, २०७८ | काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा उपस्थीति नहुन परिषद सदस्यहरुलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेकले बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई आग्रह गर्नुभएको हो ।

 विज्ञप्तीमा संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने पनि देउवाले स्पष्ट पार्नुभएको छ । कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई सुरुदेखि नै अनुचित भन्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली संवैधानिक परिषद्को बैठक बोउनुभएको छ । 


प्रतिक्रिया