पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु, थप ८ हजार ४१८ जना संक्रमित

फाइल तस्बिर 

वैशाख २५, २०७८ | काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ८ हजार ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १७ हजार ३ सय १५ पीसीआर गर्दा ८ हजार २ सय ८७ तथा ९ सय ८९ एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भएका जम्मा परीक्षण तथा पुष्टि भएका संक्रमितका आधारमा संक्रमण दर ४६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टाकै अवधिमा ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएका छन् । 

काठमाडौंमा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ तथा भक्तपुरमा ३ सय ८१ गरी काठमाडौंमा उपत्यकामा ३ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका बाहिर रुपन्देहीमा सबैभन्दा धेरै ८ सय ८१, सुर्खेतमा ५ सय ९७ तथा बाँकेमा ५ सय ५५ जनामा संक्रमण देखिएको छ । 

२४ घण्टाको अवधिमा संक्रमण पुष्टि भएका मध्ये ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार २५ जना छन् । ९ वर्ष उमेर समूहका बालबालिका १ सय ९५ जना छन् । ९० देखि १ सय वर्ष उमेर समूहका १४ जना छन् । ५ सय भन्दामाथि संक्रमितहरु उपचारत जिल्ला २२ पुगेका छन् । 

मुलुकभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २६ हजार ४ सय २६, ललितपुरमा ५ हजार ७ सय १२ तथा भक्तपुरमा ३ हजार ५ सय ४० जना छन् । होम आइसोलेसनमा ७८ हजार १८ जना, संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ७५ जना, आईसीयूमा ७ सय ५८ तथा भेन्टिलेटरमा २ सय ३१ जना रहेका छन् । 


प्रतिक्रिया