कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ जना संक्रमित थपिए

वैशाख २५, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ८ हजार ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १७ हजार ३ सय १५ पीसीआर गर्दा ८ हजार २ सय ८७ तथा ९ सय ८९ एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा भएका जम्मा परीक्षण तथा पुष्टी भएका संक्रमितका आधारमा संक्रमण दर ४६ प्रतिशत रहेको छ । 

२४ घण्टाकै अवधीमा ३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । काठमाडौंमा २ हजार २ सय ७० , ललितपुरमा ४ सय ६२ तथा भक्तपुरमा ३ सय ८१ गरी काठमाण्डौं उपत्यकामा ३ हजार १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका बाहिर रुपन्देहीमा सबैभन्दा धेरै ८ सय ८१, सुर्खेतमा ५ सय ९७ तथा बाँकेमा ५ सय ५५ जनामा संक्रमण देखिएको छ । २४ घण्टाको अवधीमा पुष्टी भएका संक्रमित मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका सबैभन्दा धेरै २ हजार २५ छन् । ९ वर्ष उमेर समुहका बालबालिका १ सय ९५ जना छन् । ९० देखी १ सय वर्ष उमेर समुहका १४ जना छन् । 

५ सय भन्दा माथि संक्रमितहरु उपचारत जिल्ला २२ पुगेका छन् । मुलुकभर सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २६ हजार ४ सय २६, ललितपुरमा ५ हजार ७ सय १२ तथा भक्तपुरमा ३ हजार ५ सय ४० जना छन् । होम आइसोलेसनमा ७८ हजार १८ जना, संस्थागत आइसोलेसनमा ५ हजार ४ सय ७५ जना, आईसीयुमा ७ सय ५८ तथा भेन्टिलेटरमा २ सय ३१ जना रहेका छन् । 


प्रतिक्रिया