८ हजार १ सय संक्रमित थपिए

जेष्ठ १, २०७८ | काठमाडौं

मुलुकमा २४ घण्टाको अवधिमा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 पीसीआर बिधिबाट १७ हजार ९ सय ७१ र ५ सय ७७ जनामा गरिएको एन्टीजेन परीक्षणका क्रममा ८ हजार बढीमा संक्रमण पुष्टि भएको हो । २४ घण्टाको अवधिमा १ सय ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । 

यस अवधिमा ५ हजार ४ सय ५५ जनाले कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४२ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ । 

संक्रमण पुष्टि हुनेको कुल संख्या भने ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । जसमध्ये ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका छन । 


प्रतिक्रिया