नाइजेरियामा करीब २ सय विद्यार्थी अपहरणमा

जेष्ठ १७, २०७८ | काठमाडौं

नाइजेरियाको तेगीना शहरस्थित एक इस्लामिक विद्यालयका करीब २ सय विद्यार्थीलाई बन्दुकधारीहरूले अपहरण गरेका छन् । आइतबार नै अपहरणमा परेका ती विद्यार्थीको अवस्था अहिलेसम्म अज्ञात छ । स्थानीय अधिकारीका अनुसार आक्रमणमा दुई जनामाथि गोली प्रहार भएको थियो जसमा एक जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्यहरूमा फिरौतीका लागि अपहरण गर्ने घटना क्रमश: बढ्दो छ । 

गत फेब्रअरीमा पनि जामफरा राज्यको एक विद्यालयमा अध्ययनरत ३ सय छात्राहरु अपहरणमा परेका थिए । अपहरणकारीको फिरौतीको माग पूरा भएपछि मात्रै उनीहरुलाई अपहरण मुक्त गरिएको थियो । नाइजेरियाको उत्तरी राज्यहरूमा फिरौतीका लागि अपहरण गर्ने घटना क्रम बढ्दो छ । जसको मारमा सबैभन्दा बढी स्कूले बालबालिका पर्ने गरेको रोयटर्सले उल्लेख गरेको छ ।  


प्रतिक्रिया