नेपालमा डेल्टा भेरियन्टको परिवर्तित स्वरुप फेला: स्वास्थ्य मन्त्रालय

असार ७, २०७८ | काठमाडौं

नेपालमा स्वरुप परिवर्तन भई कोराना संक्रमणका विभिन्न भेरियन्ट सक्रिय रहेको र त्यसबाट जोखिम यथावत रहेको भन्दै सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा डेल्टा भेरियन्ट पुष्टि भएका ९ वटामा थप उत्परिवर्तन भई नयाँ स्वरुपको K417N म्युटेन्ट भेटिएको उल्लेख छ । 

जसलाई एवाई डट वन नामाकरण गरिएको छ । यो नयाँ म्युटेन्स सहित डेल्टा , अल्फा र कप्पा भेरियन्ट गरि ४ प्रकारका भाइरसको संक्रमण नेपालमा देखिएको जनाइएको छ । गत वैशाख २६ देखी जेठ २० सम्म विभिन्न स्थान तथा समुहबाट संकलन गरिएको नमुना अध्ययनबाट सो तथ्य पुष्टी भएको हो । 

मन्त्रालयले भारतको जेनोमिक्स एण्ड इन्ट्रिगेटिभ बायोलोजी आइजीआइबीमा नमुना परिक्षण गर्दा सो भाइरसको संक्रमण पुष्टी भएको जनाएको छ । पुष्टी भएका भेरियन्टहरु बढी संक्रमक तथा सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने भएकोले जनस्वास्थ्यका मापदण्ड प्रभावकारी रुपमा अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया