पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १३, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले १० हजार ८ सय ८६ पीसीआर परिक्षणबाट २ हजार ६ सय ३४ जनामा र

४ हजार ९ सय २२ एन्टिजेन परिक्षणबाट एक हजार २ सय ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सोही अवधिमा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएका ३३ जना थपिएका छन् । मुलुकभर २९ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

विभिन्न अस्पतालका आइसियूमा ६ सय ११ जना र १ सय ६८ जना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा हालसम्म ८८ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भएको छ । तीमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज खोप प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ । ३५ लाख ४४ हजार ४३ जनाले एक मात्रा खोप लगाएको र त्यसमध्ये १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । 


प्रतिक्रिया