६४ जिल्लामा नेपाली कांग्रेसकाे वडा अघिवेशन सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७८ | काठमाडौं

नेपाली कांग्रेसले ६४ जिल्लामा वडा अघिवेशन सम्पन्न गरेको छ । यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसले आज ७ जिल्ला काठमाडौं सहित काभ्रे, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु, बाजुरा र मोरङमा अधिवेशन भएको केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव श्रेष्ठले अधिकांस जिल्लामा सहमतिमा अधिवेशन सम्पन्न भएको बताउनुभयो । केहि जिल्लाका वडामा निर्वाचन भएकाले भोलीसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ । क्रियाशिल सदस्यता विवादका कारण सूची प्रकाशित हुन बाँकी जिल्लाको वडा अघिवेशन अझै अन्यौलमा छ ।

पछिल्लो समय संशोधित कार्यतालिका अनुसार आजसम्म ७७ जिल्लाको वडाको अघिवेशन सम्पन्न गर्नु पर्ने थियो । क्रियाशिल सदस्य विवादका कारण प्रदेश २ का ८ वटै जिल्ला, रसुवा, बाँके, कैलाली र सुर्खेतमा क्रियाशिल विवाद अझै टुंगो लागेको छैन । कांग्रेसले यहि ९ गते गाउँ/नगरपालिका अधिवेशन कार्यतालिका तय गरेको छ । 


प्रतिक्रिया