परराष्ट्रमन्त्री खड्काले लिए शपथ

आश्विन ६, २०७८ | काठमाडौं

परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली पठाउनुपर्ने भएपछि सत्ता गठबन्धनले मंगलबार बेलुकी परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो । 

बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएको थियो । उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित खड्का कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।


प्रतिक्रिया