त्रिशुलीमा कार खस्यो, तीनजना बेपत्ता

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७८ | काठमाडौं


पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–५ नाग्दीमा गएराति कार त्रिशुली नदीमा खस्दा ३ जना वेपत्ता भएका छन् । ग २ च ४९१८ नम्बरको कार खस्दा चालक सहित ३ जना वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । कारमा रहेका एकजना व्यक्ति पोखरा–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको उद्धार भएको छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखरा जानेक्रममा कार दुर्घटनामा परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुर्यबहादुर थापाले बताउनुभयो ।

अनियन्त्रित भएर कार सडकबाट झण्डै ३०/३५ मिटर तल नदीमा खसेको प्रहरीको भनाइ छ । बेपत्ता हुनेमा कार चालक कास्की पोखरा महानगरपालिका–१७ का अन्दाजी ६० वर्षका प्रेमबहादुर भुजेल र सोही ठाउँका अन्दाजी ५५ वर्षको लेखबहादुर भुजेल तथा ३६ वर्षकी इश्वरी भुजेल रहेको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया