नारायणहिटीबाट श्रीपेच चोर्ने प्रयास गर्ने एक जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

फाइल फोटो 

आश्विन ८, २०७८ | काठमाडौं


नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबार संग्रहालय अवलोकनका क्रममा आज रुकुमका २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेको थिए । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।   


प्रतिक्रिया