५४ जिल्लामा गाउँ/नगरपालिकाको अघिवेशन सम्पन्न

आश्विन ९, २०७८ | काठमाडौं

नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशन अन्र्तगत ५४ जिल्लामा गाउँ/नगरपालिकाको अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामध्ये आज ५४ जिल्लामा अधिवशेन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । अधिकांस जिल्लामा सहमतिमा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा असोज १६ र अन्य ९ जिल्लामा निर्वाचन अधिकृतको संमन्वयमा अघिवेशनको मिति तय हुने सचिव श्रेष्ठले बताउनुभयो । 

गाउँ/नगरपालिका अधिवेशनबाट सभापति, २ उपसभापति, २ सचिव र २ सह—सचिवसहित सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरु मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ । हिजो बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले वडा अघिवेशन सम्पन्न भएका जिल्लामा कार्यतालिका अनुसार अधिवेशनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कांग्रेसले प्रदेश—२ का ८ सहित १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद अझै अन्त्य गर्न सकेको छैन । 


प्रतिक्रिया