इपीएल क्रिकेट: चितवनद्धारा विराटनगर पराजित

रेडियो कान्तिपुर संवाददाता

फोटो सौजन्य: इपिएलको आधिकारिक फेसबुक पेज 

आश्विन १०, २०७८ | काठमाडौं


एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । राजेश पुलामीले ४३ रनको योगदान गरेपछि चितवनले १ सय ५२ रनको लक्ष्य अन्तिम बलमा पुरा भेट्टाएको हो । ३९ बल खेलेका राजेशले २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसबाहेक चितवनका लागि भिम सार्कीले ३०, दीलिप नाथले २३, करिम जन्नतले १९ र इशान पाण्डेले १० रनको योगदान गरेका थिए । विराटनगरका सिकन्दर राजा र कप्तान करण केसीले २–२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । विराटनगरका लागि जिम्बावेका पूर्वकप्तान राजाले २ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाएका थिए । 


प्रतिक्रिया