राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सहमति

आश्विन १०, २०७८ | काठमाडौं

सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय गरेको जनता समाजवादी पार्टीसम्वद्ध स्रोतले जनाएको छ । ती नेताका अनुसार सो अध्यादेश भोलिसम्म निष्क्रिय बनाएर मन्त्रिमण्डल विस्तार गर्ने विषयमा शीर्ष नेताहरु सहमत भएका छन् । 

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका बाबुराम भट्टराई लगायत उपस्थित थिए । जसपाले राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग दोहोर्‍याएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले विवाद समाधान गर्दै मन्त्रिपरिषद्लाई पुर्णता दिन आफू तयार रहेको बताउनुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइसकेको भन्दै यथाशिघ्र नाम दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो । लामो सयम मन्त्रिपरिषद्ले पुर्णता नपाउदा सत्तारुढ गठबन्धन सरकारको आलोचना भइरहेको छ । 


प्रतिक्रिया