प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायतमा हुने

कार्तिक १, २०७८ | काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायतमा हुने भएको छ । स्कटल्याण्डको ग्लास्गोको सहरमा हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा कात्तिकको तेस्रो साता बेलायत जाने तय भएको छ । आजको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । 

यसैबीच, मन्त्रिपरिषद्को आजको बैठकले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । बैठकले यूएई आवुधावीमा हुने छैटौं मन्त्रिस्तरिय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको छ । 


प्रतिक्रिया