विराटनगर विमानस्थल बन्द

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७८ | मोरङ

अविरल वर्षा पछि आएको बाढीले मोरङका विभिन्न क्षेत्र डुबानमा परेका छन् । केसलीया, धुधुवा, बस्ता र सिंघीया खोलाको बाढी र सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरमा आएको पानीले एक हजार भन्दा बढी घर डुबानमा परेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनुभयो । विराटनगर महानगरसहित सीमावर्ति जहदा, धनपालथान गाउँपालिका, रंगेली, सुनबर्षी र रतुवामाई नगरपालिका पनि डुबानमा परेका छन् ।

 यसैबिच स्थानिय खोलाको पानी पसेपछि विराटनगर विमानस्थल समेत बन्द भएको छ । विमानस्थल छिर्ने गेटदेखि, जहाज पार्किङ क्षेत्र, धावनमार्ग सबै क्षेत्र जलमग्न भएपछि आजका लागि तय भएका सबै ११ उडान रोकिएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

 विमानस्थलभित्र सबै स्थानमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था नरहेको खरेलले जानकारी दिनुभयो ।    


प्रतिक्रिया