प्रदेश २ को नाम मधेस, राजधानी जनकपुरधाम

माघ ३, २०७८ | जनकपुर

प्रदेश–२ को नाम मधेस राख्न गरेको प्रस्ताव प्रदेश सभा बैठकले पारित गरेको छ । अब प्रदेश–२ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश–२ को नाम र राजधानी तय भएको हो । 

सोमबारको बैठकमा प्रदेश–२ को स्थायी राजधानी र नामाकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस राख्न गरेको प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । 

विशेष संसदीय समितिको नामाकरण सम्बन्धी पहिलो प्रस्ताव ‘मधेश प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा कुल १०३ मध्ये ९९ जना उपस्थित थिए । उपस्थित सदस्य मध्ये ३४ जनाले विपक्षमा मतदान गरेका थिए । 

सत्तारुढ जनता समाजवादी पार्टी जसपा र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको मधेश प्रदेश प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले समर्थन गरेको थियो । 

सम्बन्धित समाचार :

* प्रदेश २ को राजधानी जनकपुरधाम


प्रतिक्रिया