कोभिड-१९ को लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु

माघ ४, २०७८ | काठमाडौं

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । 

प्रशासन कार्यालयहरुले आज आदेश जारी गर्दै जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य ५ दिन क्वारेन्टिनमा बस्न निर्देशन दिएका हुन् । 

यस्तै, नेगेटिभ रिपोर्ट आएमा मात्र काममा फर्किन उनीहरुले भनेका छन् । केही दिनअघि सरकारले दिएको निर्देशन कार्यान्वयन गर्दै तीन जिल्ला प्रशासन कार्यालयहरुले आज राति १२ बजेबाट लागू हुने गरी नयाँ निर्देशनहरु जारी गरेका हुन् ।  


प्रतिक्रिया