१२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

नेपालमा पछिल्लो पटक १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार पीसीआर र एन्टिजेन गरी कुल २७ हजार ४ सय ९७ नमूनाको परीक्षण गरिएको थियो ।

 संक्रमणदर बढेसँगै मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ५७ हजार ३ सय २८ पुगेको छ । ६ सय ४९ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ । 


प्रतिक्रिया