काठमाडौं उपत्यकामा भोलि मध्य राति १२ बजेदेखि जोर–बिजोर प्रणाली लागू

रेडियो कान्तिपुर संवाददाता

माघ ६, २०७८ | काठमाडौं

काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले भोलि रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोर/बिजोर प्रणाली लागू गरेका छन् । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोर/बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

 ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जोर/बिजोरलाई कडाईका साथ लागू गरिने बताउनुभयो । यस्तै मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको समेत उहाँले बताउनुभयो । 

उहाँका अनुसार डिपार्टमेन्ट स्टोर, सपिङ मल लगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईएको छ । यस्तै सार्वजनिक सेवा लिन जाँदा भोलीबाट अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । सार्वजनिक स्थलमा हिँडडुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।


प्रतिक्रिया