भिजिट भिसा मार्फत् खाडी मुलुकमा जान रोक

माघ ७, २०७८ | काठमाडौं

सरकारले कोरोना संक्रमणको जोखिमका कारण भिजिट भिसा मार्फत मलेसियासहित खाडी मुलुकमा जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भिजिट भिसा मार्फत मलेसियासहित खाडी मुलुक जान रोक लगाएको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार यही माघ १० गतेबाट लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म अब भिजिट भिसामा नेपालीहरु मलेसिया र अन्य खाडी राष्ट्रमा जान पाउने छैनन् ।

कोरोनाको नयाँ भेरिएन्ट स्वदेश र विदेशमा पछिल्लो समय तीब्र रुपमा फैलिएसँगै सरकारले जोखिम नियन्त्रणका लागि यस्तो सूचना जारी गरेको जनाएको छ । 

गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेसिया गई बिचल्लीमा पर्ने गरेका गुनासा, समाचार र सूचना प्राप्त भएकोले २०७८७ माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि त्यस्ता राष्ट्रहरुको भिजिट भिसामा भ्रमण गर्न जान रोक लगाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ 

वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने नेपाली कामदारहरुलाई भने सरकारले रोक लगाएको छैन ।


प्रतिक्रिया