गठबन्धन टुटे हाम्रो पार्टी खत्तम हुन्छ : प्रधानमन्त्री देउवा

वैशाख २२, २०७९

 केन्द्रीय बसपार्कमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताउनु भएको छ । त्यो सफल भए गठबन्धन पनि नहरने र काँग्रेस पार्टी पनि खत्तम हुने उहाँको भनाई थियो । 

कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षडयन्त्र चितवन भरतपुरबाट हुन नहुने उहाँको भनाई थियो । उहाँले मेयरमा रेनु दाहाललाई जिताए गठबन्धन १०/२० वर्ष जाने बताउनुभयो । अहिले मेयरको उम्मेदवारलाई जिताउनु आफूहरुको कर्तब्य रहेको उहाँको भनाई थियो चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिकामा मेयर पद नेपाली काँग्रेसलाई नभएर माओवादी केन्द्रलाई दिएको भनेर काँग्रेस कार्यकर्ताहरु रुष्ट छन् । 

पुराना काँग्रेस नेता जगन्नाथ पौडेलले मेयरमा उम्मेद्वारी दिएर चुनावी अभियान चलाउनु भएको छ ।  


प्रतिक्रिया