महोत्तरी मनाराशिसवाको मेयर उपमेयरमा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

महोत्तरीको मनरा शिसवा नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । नेपाली कांग्रेसका मोहन पाण्डे ५ हजार ८ सय ८४ मत प्राप्त गरि विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकी शकुन्तला देवी ५ हजार ७ सय ४५ मत प्राप्तगरी विजयी हुनभयो । मेयर पदमा पाण्डेका निकटतम प्रतिद्धन्दि जनता समाजवादि पार्टिका महेन्द्र रायले ४ हजार ९ सय २० मत प्राप्त गर्नुभयो । त्यस्तै उपमेयरमा जसपाकी निर्मला कुमारी देवी सिंहले ४ हजार ८ सय ४२ मत प्राप्त गरेको निर्वाचन कार्यालय मनराशिसवाले जनाएको छ । 


प्रतिक्रिया