दाङको लमहीमा कांग्रेस विजयी

जेष्ठ ४, २०७९

दाङको लमही नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतका साथ विजयी हुनुभएको छ । चौधरी २०७४ मा एमालेका कुलबहादुरकेसीसँग पराजित हुनुभएको थियो । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गर्नूभयो । एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभयो । उपमेयरमा काग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मतका साथ विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गर्नुभयो । ९ वडामध्ये ८ वडा कांग्रेसले जितेको छ । वडानं. ५ मात्रै माओवादी केन्ऽले जितेको छ । २०७४ मा मेयर जितेको एमाले यसपटक शुन्य भएको छ ।


प्रतिक्रिया