मकवानपुरको मनहरीमा मतगणना रोकियो

जेष्ठ ४, २०७९

मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । गाउँपालिकाको ९ नम्बर वडाको मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर विबाद भएपछी निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मका लागि गणना कार्य स्थगित भएको जानकारी दिएको हो । राजनीतिक दलका प्रतिनिधीले मतपेटिका छोपिएको अवस्थमा हुनुपर्ने भन्दै विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरीका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सर्वदलिय वैठक बसेर मतगणना सुरु गर्ने गरी छलफल अगाडि बढेको दलका प्रतिनिधिहरुले बताएका छन् । मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बााकी रहेको छ ।


प्रतिक्रिया