दाङको गढवामा अध्यक्षमा माओवादी केन्द्रका शर्मा विजयी

जेष्ठ ४, २०७९

दाङको गढवा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । गढवामा माओवादी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन थियो ।२०७४ मा दुवै पद् एमालेले जितेको थियो । पुन: उम्मेद्वार भएका त्यसबेलाका अध्यक्ष र उपाध्यक्ष अहिले पराजित भएका छन् । अध्यक्षमा माओवादीका यमनारायण शर्मा पोख्रेल ६ हजार ९ सय ९ मतका साथ विजयी हुनुभएको छ । कांग्रेसका सर्वजित डिसीले ६ हजार १ सय ६७ र एमालेका सहजराम अहिरले ४ हजार १ सय ३१ मत प्राप्त गर्नुभएको छ । अहिर २०७४ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उपाध्यक्षमा कांग्रेसकी शारदा कुमारी चौधरी ५ हजार ८ सय ८१ मतका साथ विजयी हुनुभएको छ । एमालेकी सिता कुमारी चौधरीले ४ हजार ८ सय ३० र नेकपा एकिकृत समाजवादीकी शान्ती चौधरीले ४ हजार १ सय १२ मत प्राप्त गर्नुभयो । शान्ती २०७४ मा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया