भरतपुरमा एक लाख मत गन्न बाँकी, रेनु दाहालको अग्रता कायमै

जेष्ठ ४, २०७९

चितवन  । भरतपुर महानगरपालिकाका २९ मध्ये ६ वटा वडाहरूको मत गणना सकिदा अझै एक लाख मत गन्न बाँकी छ । वडा नम्बर ६ को अन्तिम मत परिणाम आउदा मेयर पदमा सत्तारूढ गठबन्धनबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल प्रतिस्पर्धी उम्मेद्वार नेकपा एमालेका विजय सुवेदी भन्दा एक हजार ७ सय १२ मतले अगाडि हुनुहुन्छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । वडा नम्बर ६ को गणना सकिदा २७ हजार ४ सय ३८ मत गनेर सकिएको छ । अहिलेसम्म दाहालले ९ हजार ९ सय ७० र सुवेदीले आठ हजार २ सय ५८ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेद्वावार जगन्नाथ पौडेलको ४ हजार ३ सय १५ मत छ । उपमेयरमा सत्तारूढ गठबन्धनबाट काग्रेसका उम्मेद्वार चित्रसेन अधिकारीको ११ हजार ९ सय ५६ र एमालेले समर्थन गरेको राप्रापाकी उपमेयर उम्मेद्वार हिमला गुरूङको ६ हजार ७ सय ४२ मत आएको छ । वडा नम्बर ६ मा पनि नेपाली काग्रेसका उम्मेद्वार वडाध्यक्ष पदमा विजयी भएका छन । हालसम्म गणना सकिएका भरतपुरमा वडा नम्बर ३ बाहेक सवै वडाहरूमा काग्रेसका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका छन । अघिल्लो चुनाबमा जितेको मध्ये दुईवटा वडा एमालेले गुमाएको छ । भरतपुरमा दुरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मत गणना भइरहेको छ ।


प्रतिक्रिया