विपद्का विभिन्न घटनामा परी ८१ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७९

विपद्का विभिन्न घटनाहरुबाट गत बैशाख १ देखि हालसम्म ८१ जनाको मृत्यु भएको छ । बाढी पहिरो, भारी वर्षा आगलागी लगायतका ७ सय ९० घटनाबाट हिजोसम्म ८१ मृत्यु भएको र १ सय ८६ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी चट्याङमा परी २७ जनाले ज्यान गुमाएका छन । यस्तै बैशाखयता आगोलागीमा परी १७ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन । मनसुन सक्रिय भएयता विभिन्न जिल्लामा गएका पहिरोमा परी १० जनाको मृत्यु भएको पनि प्राधिकरणले जनाएको छ ।

देशैभर भएका विभिन्न विपद्का घटनाहरुबाट ५६ करोड ८३ लाख २९ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । ४ सय ७२ आगलागीको घटनाबाट सबैभन्दा बढी ४८ करोड ६५ लाख बराबरको नोक्सानी भएको छ । 


प्रतिक्रिया