अफगानिस्तानमा शक्तिशाली भूकम्प, ९ सय बढीको मृत्यु

असार ८, २०७९ | काठमाडौं

दक्षिण एसियाली मुलुक अफगानिस्तानको पाक्तिका प्रान्तमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण ९ सय २० भन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएको अनुमान गरिएको छ । तालिवानका सहायक मन्त्री शरफुद्दिन मुस्लिमलो ९ सय २० भन्दा जनाको मृत्यु भएको र ६ सय भन्दा बढी घाइते भएको जानकारी दिनुभएको छ । यद्यपी मानवीय र भौतिक क्षतिको पूर्ण विवरण नआएको उहाँले बताउनुभयो ।

भूकम्पका कारण पाक्तिका प्रान्तका केही स्थानमा पहिरो र कयौं कच्ची घरहरु भत्किएको विवरण आइरहेको बीबीसीले जनाएको छ । दुर्गम स्थानमा हेलिकप्टरसहित घाइतेहरुको उद्धार भइरहेको तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ ।

दक्षिणपूर्वी खोस्त शहरबाट ४४ किलोमिटर टाढा रहेको स्थानमा भूकम्प गएको हो । भूकम्पको धक्का पाकिस्तान र भारतका केही क्षेत्रमा समेत महसुस गरिएको थियो । अफगानिस्तान उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिन्छ । वार्षिक रुपमा भूकम्पका कारण मात्रै त्यहाँ सरदर ५ सय भन्दा बढीको ज्यान जाने गरेको बताइन्छ ।


प्रतिक्रिया