एकीकृत समाजवादीका ६ जनाले सांसदद्वारा हस्ताक्षर फिर्ता

रेडियो कान्तिपुर संवाददाता

असार ११, २०७९ | काठमाडौं

नेकपा एकीकृत समाजवादीका ६ जनाले सांसदहरुले हस्ताक्षर फिर्ता लिएका छन् । मन्त्री परिवर्तनमा असन्तुष्ट १० सांसद मध्ये प्रेम बहादुर आले, धन बहादुर बुढा, कृष्ण लाल महर्जन, गोपाल बहादुर बम, पुष्पा कुमार कर्ण र बिनादेवी बुढाथोकीले हस्ताक्षर फिर्ता लिएको नेता राजेन्द्र पाण्डेले बताउनुभयो ।

अध्यक्ष माधव कुमार नेपाललाई पार्टीका १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । यसैबीच, एकिकृत समाजवादीको केन्द्रीय कमिटि बैठक अहिले बसिरहेको छ । दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । 

जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै मनमुटावलाई त्यागेर संघ र प्रदेशको चुनावमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । स्थानीय तह निर्वाचनमा अपेक्षाकृत नतिजा आएको भन्दै संघ र प्रदेशको तयारीमा जुट्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले गठबन्धनको आवश्यकता अझै रहेको भन्दै गुनासोलाई थाति राख्दै देशको हितका लागि मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । 


प्रतिक्रिया