प्रदेशसभातर्फको सिट बाँडफाँट पनि गठबन्धनलाई सकस !

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७९

प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजुट्दै प्रदेशसभाको भागबण्डामा लागेका सत्ता गठबन्धन झन् समस्यामा फसेका छन् । झण्डै डेढ महिना लामो कसरत गर्दा पनि भागबन्डा नमिलेपछि प्रदेससभा सहित प्याकेज सहमति गर्ने भनिएपनि बढी सिट दावी गर्दा समस्या भएको हो । कुल १ सय ६५ सिटमध्ये १ सय ४० सिटमा सहमति गरेको सत्ता गठबनधनलाई बाँकी सिट भागबण्डा निकै सकसपूर्ण बन्दै गएपछि हिजोदेखि सहमतिका लागि बाँकी क्षेत्रको छलफल यथावत राखि प्रदेश तर्फको भागबण्डामा जुटेका थिए । बाँकी २५ सिटमा दलहरुको दोहोर तेहोरो दाबी रहँदा सत्ता गठबनधनमा सिट भागवण्डा टाउको दुखाइको विषय बन्न पुगेको हो ।

सहमति जुट्न बाँकी सिटमा प्रदेशसभातर्फको बाँडफाँटसँगै मिलाउने सक्ने भन्दै कार्यदल प्रदेशसभाको भागवण्डामा केन्द्रीत भएको छ । प्रदेशसभातर्फको सहमतिका लागि छलफल सुरु गरेको कार्यदलको हिजोको बैठक पनि ठोष निस्कर्षमा पुग्न सकेन । सहमतिको प्रयास खोज्न कार्यदलको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान ११ बजे पुन बस्दैछ ।

प्रदेशसभातर्फ कांग्रेसले १ सय ८०, माओवादीले १ सय १०, एकीकृत समाजवादीले ७०, जसपाले ५० र जनमोर्चाले ८ सिटमा दाबी पेस गरेको एक सदस्यले जानकारी दिए । आज बस्ने बैठकले सहमतिको प्रयास खोज्ने बताइएको छ । 


प्रतिक्रिया