प्रधानमन्त्री निवासमा गठबन्धन कार्य दल छलफलमा व्यस्त

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | काठमाडौं

मनोनयन दर्ताको समय नजिकिदै गर्दा सिट बाँडफाँटलाई अन्तिम रुप दिन अहिले सत्ता गठबन्धनको कार्यदल बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सिट बाँडफाँटलाई आज अन्तिम टुंगो लगाउने गरि निर्णायक छलफल भइरहेको नेताहरुको भनाई छ । दसैंको कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएका कारण दलहरूलाई दशैं अगावै सिटको भागबन्डा टुंग्याउन दलहरुलाई दवाव छ । 

यस अघिका छलफलमा कुनै सहमति नभएपछि नेताहरु आज निर्णायक छलफलमा जुटेका हुन । गठबन्धनमा प्रतिनिधिसभाका १६५ मध्ये नेपाली कांग्रेसले बढीमा ८५, माओवादी केन्द्रले ४७, जनता समाजवादी पार्टी नेकपा एकीकृत समाजवादीले १७ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमतिको प्रारम्भिक खाका तयार भएको छ । मधेश प्रदेशमा दलहरुबीच सहमति हुन सकेको छैन । 


प्रतिक्रिया