मनास्लुबाट १० जनाको उद्धार (अपडेट)

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | गोरखा

गोरखाको मनास्लु हिमपहिरोमा फसेका मध्ये १० जनाको उद्धार भएको छ । आधार शिविरमा रहेका दुई जनाको भने अझै उद्धार गर्न नसकिएको गोरखाका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । उनीहरुको अवस्था सामान्य रहेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

 हिमपहिरोमा फसेका मध्ये एक जनाको मृत्यु भएको थियो । मृतकको शव ल्याउने प्रयास भइरहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । उद्धार गरिएकामध्ये ९ जनालाई उपचारका लागि काठमाडौ पठाइएको छ । 


प्रतिक्रिया