ठगीमा परेका श्रमिकलाई सरकारको ४८ करोड क्षतीपूर्ती प्रदान

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९ | काठमाडौं

सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका श्रमिकलाई चालू आर्थिक वर्षमा अहिलेसम्म ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले क्षतिपूर्ति उपलब्ध गराउने लगायत काम गरिएको बताउनुभयो ।

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्र अनुसार काम अगाडी बढेको बताउनुभयो । त्यस्तै मन्त्रालयले रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अस्थायी कार्यालय स्थापना गरिएको जनाएको छ । 


प्रतिक्रिया