सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

आश्विन १२, २०७९

सल्यानमा यात्रुवहाक जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन ।नेपालगन्जबाट कपुरकोट गाउँपालिकाको रिमको दलवाङ्ग जादै गरेको रा १ ज ५६३ नम्बरको जीप मुलपानी नजिकै गएराती दुर्घटना दुर्घटना आठ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्याङले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत भने हुन सकेको छैन । गम्भिर घाईते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ्गतिर लगिएको र अहिले ट्राफिक तथा ईप्रका कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको हाम्रा सहकर्मीले जनाएका छन् । गाडी सडक देखि करिब दुई सय मिटर तल खोचमा खसेको छ । गाडीमा नौ जना सवार रहेका थिए । दशैंको समयमा दशैं मनाउन घर फर्कदै गरेकाहरु दुर्घटनामा परेको हुन सक्ने बताइएको छ । दुर्घटनाबारे थप अनुशन्धान भइरहेको छ । 


प्रतिक्रिया