निर्वाचन आचारसंहिता आजदेखि लागु

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनावका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु गरेको छ । आचारसंहिता लागु भएसँगै सरकारी निकाय वा सार्वजनिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, संञ्चारमाध्यम लगायतले निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने भएको छ । त्यस्तै, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई रोक लगाएको छ । वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएका बाहेक कार्यक्रम घोषणा, स्वीकृत र सञ्चालन गर्न समेत रोक लगाइएको छ । आचारसंहिता लागुभएसँगै शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन र अनुदानका कार्यक्रम पनि गर्न पाइने छैन् । त्यस्तै, राजनीतिक नियुक्ति, नयाँ पद सिर्जना, पदपूर्ति, भत्ता वृद्धिलगायतको आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न पनि आचारसंहिताले रोक लगाएको छ । सरकारी कर्मचारीले विदेश जानुपरे आयोगको अनुमति लिनुपर्ने हुन्छ ।

त्यस्तै, प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यले आफ्नो क्षेत्रमा मात्र चुनाव प्रचार गर्न पाउनेछन् ।

चुनाव प्रचारमा २५ जना भन्दा बढी जान नपाइएने प्रावधान आचारसंहितामा राखिएको छ ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र चुनावी प्रचार गर्न पाइने छ । यसैविच, यही असोज २३ गते प्रत्यक्ष तर्फको निर्वाचनको उम्मेदवारी दर्ता पछि दल तथा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लाग्नेछन् । मतदानका लागि ५३ दिन बाँकी छ । 


प्रतिक्रिया