सत्ता गठबन्धनलाई सीट बाँडफाँटमा दबाब

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने दिन नजिकिदै गर्दा सत्तारुढ गठबन्धन दललाई सीट बाडँफाटँमा दबाब परेको छ । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिन अब मुस्किलले ११ दिन बाँकी रहदा सत्तारुढ दल निर्णायक छलफलमा रहेपनि सहमति भने अझै जुट्न सकेको छैन । काँग्रेसभित्रको आन्तरिक दबाब एवं गठबन्धनदल भित्र आ–आफ्नो अडानबाट पटि नहटेपछि सहमति गर्न कठिनाइ भएको हो । यसअघि शीर्षनेता सहित कार्यदलको हिजोको बैठकलाई निर्णायक भनिएपनि निश्कर्षमा पुग्न सकेन ।

आगामी २३ गते प्रत्यक्षतर्फको मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ । यो बीचमा प्रतिनिधिसको प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेशसभातर्फको ३ सय ३० निर्वाचन क्षेत्रमा सहमति गर्न सत्ता गठबन्धन गर्न दलहरुलाई हम्मेहम्मे परेको हो । य


प्रतिक्रिया