कंग्रेस पदाधिकारीको बैठक आजपनि बस्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फको सूचीमा सहमतिका लागि कंग्रेस पदाधिकारीको बैठक आजपनि बस्दैछ । निर्वाचन आयोगमा पेश भएको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै शेखर कोईराला पक्षले छुट्टै भेला मार्फत निर्वाचनमा विद्रोह गर्ने सम्मको चेतावनी दिएपछि सहमतिको प्रयासमा छलफल हुन लागेको हो । 

समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै इतरपक्ष चिढिएपछि त्यसको असर गठवन्धनसम्मै परेको छ । कोईराला पक्षले बन्द सूचीमा ४० प्रतिशतको हिस्सा दावी गर्दै आएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवा आन्तरिक सन्तुलन मिलाउन समानुपातिक सूची संशोधन गर्न तयार भएको इतर पक्षको दावी छ । इतर पक्षलाई ४० प्रतिशत हिस्सा सहित समानुपातिक समावेशीताको क्लस्टर मिलाएर बन्द सूची संशोधन गर्ने विषयमा पदाधिकारीमा छलफल हुने एक नेताले बताए ।  


प्रतिक्रिया