अमेरिकी कार्यवहाक सहायक विदेशमन्त्री एलिजाबेथ टुडो काठमाडौंमा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

विश्वव्यापी सार्वजनिक मामिला सम्वन्धी अमेरिकी कार्यवहाक सहायक विदेशमन्त्री एलिजाबेथ टुडो नेपाल आउनुभएको छ । भ्रमणका क्रममा टुडोले नेपालका अल्पसंख्यक समुदायका अभियन्ता, मिडिया प्रतिनिधी लगायतसंग अन्तरक्रिया गर्ने एवं सांस्कृतिक संरक्षण कोष अन्तरगर्त अमेरिकी दूतावासले सञ्चालन गरेका क्षेत्रहरुको भ्रमण गर्ने बताईएको छ । टुडोले नेपालसंगै युएई, उज्वेकिस्ता र किर्गिस्तानको समेत भ्रमण गर्नुहुने अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा टुडोको उच्चस्तरीय भेटवार्ता सम्वन्धमा भने पराष्ट्रमन्त्रालयले केही खुलाएको छैन । यद्यपी द्धिपक्षीय सम्वन्ध एवं रुस र चीनबाट फैल्याईएका गलत सूचनाको प्रतिवाद गर्ने विषय प्राथमिकतामा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया