महिला उम्मेदवारको संख्या प्रति आयोगकै आपत्ति

मंसिर २३, २०७९ | काठमाडौं

राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलामाथि विभेद गरेको निर्वाचन आयोगले टिप्पणी गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलालाई उम्मेदवार बनाउन दलहरुले वेवास्ता गरेको बताउनुभएको हो । काठमाडौंमा आज आयोजित कार्यक्रममा थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई वञ्चित गर्न नहुने बताउनुभयो ।

 उहाँले १० प्रतिशत उम्मेदवार पनि नबनाएर दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोप समेत लगाउनुभयो । थपलियाले निर्वाचन सम्बन्धी कानून तुलानात्मक रुपमा महिलामैत्री भए पनि व्यवहारमा अझै भेदभाव कायम भएको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया