समानुपातिक सूची पठाउन दलहरुलाई दिएको समयसीमा आज सकिँदै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २४, २०७९ | काठमाडौं

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा समानुपातिक प्रणालीतर्फ निर्वाचित उम्मेदवारको सूची पठाउन निर्वाचन आयोगले दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ । तोकिएको क्लस्टर अनुसार समानुपातिक उम्मेदवारको सूची पठाउन आयोगले गत बिहीबार दलहरुलाई पत्राचार गरेको थियो । प्रतिनिधिसभाको समानुपातिकतर्फ १ सय १० सिटका लािग नेकपा एमालेले ३४, नेपाली कंग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ७, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले ५ पाँच सांसद सहित प्रतिनिधित्व गर्दैछन् ।

यसैबीच, प्रदेश १ मा समानुपातिक तर्फ ३७ सिटका लागि एमालेले १५, कंग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४ चार, जसपा र एकीकृत समाजवादीले १ एक सिटमा प्रतिनिधित्व गर्दैछन् ।

मधेश प्रदेशमा ४३ सिटका लागि कंग्रेसले ९, एमालेले ८, जनमत पार्टी र जसपाले ७ सात, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले ३, लोकतान्त्रिक समाजवादीले २, राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान १ एक सिट सहित प्रतिनिधित्व गर्दैछन् ।

बागमती प्रदेशमा ४४ सिटका लागि एमालेले १४, कंग्रेसले १२, माओवादी केन्द्रले ७, राप्रपाले ६, एकीकृति समाजवादी नेपाल मजदुर किसान पार्टीले २ दुई र हाम्रो नेपाली पार्टीले १ सिट पाएका छन् ।

गण्डकी प्रदेशमा २४ सिटका लागि एमालेले १०, कंग्रेसले ९, माओवादी केन्द्रले ३, राप्रपाले २ जना सांसद सहित प्रतिनिधित्व गर्दैछन् ।

लुम्बिनी प्रदेशमा ३५ सिटका लागि एमालेले ११, कंग्रेसले १०, माओवादी केन्द्रले ४, राप्रपा , नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २ दुई, जसपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले समान १ एक सांसद सहित प्रतिनिधित्व गर्दैछन् ।

कर्णाली प्रदेशमा १६ सिटका लागि एमाले र कंग्रेसले ५ पांच, माओवादी केन्द्रले ४, तथा एकीकृत समाजवादी र राप्रपाले समान १ एक सांसद सहित प्रतिनिधित्व गर्दैछन् ।

यस्तै, सुदुरपश्चिम प्रदेशमा २१ सिटका लागि एमालेले ७, कंग्रेसले ७ माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, राप्रपा र एकीकृत समाजवादीले समान १ एक सांसद सहित प्रतिनिधित्व गर्दैछन् ।

दलहरुले आज बुझाएको विवरणको आधारमा तोकिएको क्टस्लर अनुसार रुजु गरि समानुपातिकबाट निर्वाचित सांसदको टुंगो लगाइने आयोगका सह प्रवक्ता सुर्य प्रसाद अर्यालले बताउनुभयो ।

समानुपातिक सांसदको विवरण सार्वजनिक गरिएसंगै निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी आयोगको छ । 


प्रतिक्रिया