एकीकृत समाजवादीको बैठक जारी, परिस्थीति अनुसार अघि बढ्न सुझाव

पुस १६, २०७९ | काठमाडौं

एकिकृत समाजवादीले आगामी कार्यदिशाका विषयमा छलफल गरिरहेको छ । एमाले—माओवादी केन्द्रसहित सातदलको गठबन्धनमा नयाँ सरकार बनेपछि एकिकृत समाजवादीले पहिलो पटक स्थायी कमिटी बैठक बोलाएको हो ।

 भोलिसम्म चल्ले बैठकमा अहिले नेताहरुले आआफ्नो धारणा राखिरहेको उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । काठमाडौंको आलोकनगरस्थीत पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष माधव कुमार नेपालले समसायिक राजनीतिक घटनाक्रम बिषयमा आफ्नो भनाई राख्दै अहिलेको अबस्थामा पार्टीमाथि प्रतिष्ठाको सवाल उठेकाले गम्भीर भएर अघि बढ्नुपर्ने अबस्था आएको बताउनुभयो ।

 बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले परिस्थीति र समय अनुकुल पार्टीलाई एक ढिक्का बनाए लैजानुपर्ने आवश्यकता आएको सुझाउनुभएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बैठकमा बोल्ने अधिकांस सदस्यहरुले पार्टीलाई परिस्थीति अनुसार अघि बढाउन सुझाव दिएको प्रवक्ता खतिवडाको भनाई छ ।

 बैठक अहिले पनि जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट हासिल गरेको एकीकृत समाजवादीले बैठकबाट सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्नसक्ने नेताहरुको भनाई छ । 


प्रतिक्रिया